FLASH NEWS

पुरुषलाई महिला यात्रुको रूपमा यात्रा गराएपछि नेपाल एयरलाइन्सका चालकसहित सात जना निलम्बनमा


नेपाल आवाज ७ चैत्र २०७९, मंगलवार १९:४२ मा प्रकाशित १४९५ पाठक संख्या

काठमाडौं, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्य सहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।


ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ केजी बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म निलम्बन गरेको हो ।

सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ केजी बढी सामान बाकेको थियो । उक्त सूचना पाएपछि चालक दलका तीनजना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उक्त विमानले एक पुरुष यात्रु लाई महिला यात्रुको रूप मा यात्रा गराएको पनि पाइएको निरौलाले बताइएको छ ।