आज: | Sat, 09, Dec, 2023
FLASH NEWS

जनावरको सुकुटीसहित एक जना पक्राउ


नेपाल आवाज ७ चैत्र २०७९, मंगलवार १९:४७ मा प्रकाशित २६५९ पाठक संख्या

दाङको देउखुरीबाट जङ्गली जनावरको २० किलो सुकुटीसहित आज मङ्गलवार एक जना पक्राउ परेका छन् । राजपुर गाउँपालिका–७ का ४९ वर्षीय कमानसिंह विक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका विकलाई जङ्गली जनावरको २० किलो सुकुटीसहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।

राप्ती बबई क्याम्पसको निर्वाचन स्थगित: दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पुनः स्थगित भएको छ। अर्को सूचना जारी नहुँदासम्मका लागि निर्वाचन स्थगित गरिएको हो।

आइतबार निर्धारित मितिअनुसार मतदान भइरहेकोमा एउटै व्यक्तिसँग धेरै परिचयपत्र भेटिएपछि अनेरास्ववियुले विरोध जनाएको थियो। त्यसपछिसो करिब २ बजेदेखि मतदान कार्य अवरुद्ध भएको थियो । निर्देशिकाअनुसार स्थगित भएको क्याम्पसमा ५ चैतबाट ३० दिनभित्र निर्वाचन गराउनुपर्ने हुन्छ । सोही अनुसार अर्को मिति तय हुन सक्ने अनुमान गरिएको छ ।