FLASH NEWS

घट्यो सुनको भाउ


नेपाल आवाज ८ चैत्र २०७९, बुधबार १२:०९ मा प्रकाशित १७४७ पाठक संख्या

काठमाडौं, ८ चैत । सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा दुई हजार रुपैयाँले घटेर बुधबार छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैैयाँमा किनबेच भएको थियो । बुधबार तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको ५ रुपैयाँ ले घटेर बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँ मा कारोबार भएको थियो ।