FLASH NEWS

नेपालमा एकैदिन १६ जनामा कोरोना संक्रमण


नेपाल आवाज १२ चैत्र २०७९, आईतवार १८:३७ मा प्रकाशित १८४९ पाठक संख्या

काठमाडौं, १२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।  २७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा दुई जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा १५ हजार ५५९ जना कोरोनाभाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ४२ रहेको छ ।