FLASH NEWS

तेह्रथमकी भिनुमाले जितिन् ‘सम्मान मिस लिम्बू’को उपाधि


नेपाल आवाज १२ चैत्र २०७९, आईतवार २३:०९ मा प्रकाशित २८३३ पाठक संख्या

काठमाडौं – ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस लिम्बू घोषित भएकी हुन् । मुख्य निर्णायक कलाकार सुनिल थापाले प्रतियोगीहरलाई अन्तरजातीय विवाहकोबारे आफ्नो धारणा राख्न आग्रह गरेका थिए । याक्थुङ युथ एशोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू–२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू र फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअफ भएका छन् । विजेता तीनै जनालाई ताज र नगद पुस्कार प्रदान गरिएको छ ।
‘सम्मान मिस लिम्बू’को शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटरसमेत प्राप्त गरेकी छन् । यस्तै, फस्ट रनरअफ काजलले नगद एक लाखसहित र विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअफ मना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।