FLASH NEWS

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित


नेपाल आवाज १३ चैत्र २०७९, सोमबार १५:३३ मा प्रकाशित २०७१ पाठक संख्या

काठमाडौं, १३ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर,  सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् ।  यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।