FLASH NEWS

प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम


नेपाल आवाज १४ चैत्र २०७९, मंगलवार ११:१७ मा प्रकाशित ३०९७ पाठक संख्या

काठमाडौं, १४ चैत ।  गायक प्रमोद खरेलको स्वर रहेको ‘कर्मै मेरो रैछ खोटी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । संगीतकार ऋषि खड्काको शब्द संगीत रहेको सार्वजनिक गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ ।


विक्रम चौहान ले निर्देशन गरेको भिडियोले प्रेम, रोमान्स र  वियोगको कथालाई देखाएको छ । जसमा नायिका शिल्पा पोखरेल र मोडल विक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

प्रेममा मान्छे कतिसम्म डुब्न सक्छ भन्ने विषय लाई देखाइएको भिडियो को छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिन रावल ले गरेका हुन् । फिल्मी शैलीमा निर्माण गरिएको गीतलाई शाई राम पिक्चर्स प्रालीले बजारमा ल्याएको हो । भिडियाे लिंक : https://youtu.be/GXKKziopf_A