FLASH NEWS

श्रीलङ्काको आर्थिक स्थिति सुध्रिएको भन्दै इन्धनको मूल्य घटाइयो


नेपाल आवाज १६ चैत्र २०७९, बिहीबार ०९:४४ मा प्रकाशित १७७१ पाठक संख्या

काठमाडौं, १६ चैत । चरम आर्थिक संकटवाट गुज्रिएको श्रीलङ्काले आफनो आर्थिक स्थितिमा सुधार ल्याएसँगै इन्धनको मूल्य घटाउने भएको छ ।


आर्थिक स्थीति क्रमश नियन्त्रणका साथै सुधार हुदैँ गएकाे जनाउँदै ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहिवार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जनाएकी छिन ।

मन्त्री विजेसेकराका अनुसार मध्यरातपछि पेट्रोलको मूल्यमा प्रतिलिटर रु ६०, डिजेलमा रु ८० र मट्टितेलमा रु १० ले घटनेछ भने जसअनुसार उपभोक्ताले एक लिटर पेट्रोल रु ३४०, डिजेल रु ३२५ र मट्टितेल रु २९५ मा पाउनेछन् ।

अन्तरराष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताएकी छिन् ।

साथै अमेरिकी डलरको  तुलनामा श्रीलङ्काली रुपैयाँ पनि सुदृढ भएको छ । गत वर्ष देशमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।