FLASH NEWS

२४ जना विद्यार्थीले एकैपटक प्रयोग गर्न मिल्ने उपकरण जडान


नेपाल आवाज १७ चैत्र २०७९, शुक्रबार ०९:५० मा प्रकाशित १७१७ पाठक संख्या

भक्तपुर । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा विद्युतीय उपकरण जडान तथा सुरक्षा प्रयोगशाला प्रारम्भ भएको छ । पोखरा विश्वविद्यालयले हालै परिमार्जन गरेको पाठ्यक्रम बमोजिम विद्यार्थी लाई प्रयोगात्मक सीप दिन नयाँ प्रयोगशाला स्थापना भएको कलेजले जनाएको छ । कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले एक पटकमा २४ जना विद्यार्थी ले एकै पटक प्रयोग गर्न मिल्ने जनाए । यसका लागि आवस्यक सबै सामग्री कलेजले केही हप्ता अगाडि खरिद गरेको उनले सम्झे ।