FLASH NEWS

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री


नेपाल आवाज १७ चैत्र २०७९, शुक्रबार १६:४५ मा प्रकाशित १३०३ पाठक संख्या

काठमाडौं, १७ चेैत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे बताएका छन् । शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।  “आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यस पटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु,” प्रधानमन्त्री प्रचण्डले भने । सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरू लाई आग्रह गरे ।