FLASH NEWS

माइक्रोबसको ठक्करबाट पोखरामा एक युवकको मृत्यु


नेपाल आवाज १८ चैत्र २०७९, शनिबार ०९:१० मा प्रकाशित २०५३ पाठक संख्या

पोखरा,  माइक्रोबसको ठक्करबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखराको न्यूरोडमा शुक्रबार माइक्रोबसेको ठक्करबाट स्कुटरमा सवार ४५ वर्षीय सूर्य थकालीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–८ का थकाली चिप्लेढुंगा बाट आउँदै थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ग५प ९४ नम्बरको स्कुटर लाई ग १ ज ४५४० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो । घटना पछि गम्भीर घाइते भएका थकालीलाई मणिपाल शिक्षण अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका हुन् ।