FLASH NEWS

उपचुनावअघि सरकारमा जादैनौं : रवि लामिछाने


नेपाल आवाज १९ चैत्र २०७९, आईतवार ०७:२१ मा प्रकाशित २०४१ पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपचुनावअघि आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् ।उनले शनिबार भएको पत्रकार सम्मेलनमा उपनिर्वाचनपछि मात्रै सरकारमा जाने कि सरकारलाई दिएको समर्थन कायमै राख्ने वा फिर्ता लिने भन्ने निर्णय हुने बताए । “हामी चुनावमा गठबन्धन गर्दैनौँ । सार्वजनिक भइसकेको छ । असाध्यै विशेष परिस्थितिबाहेक निर्वाचन आयोगले पनि चुनावमा गठबन्धन गर्न दिनुहुँदैन । हामीले हेर्ने नीति हो । अधिकांश बुँदाहरु समावेश गरेका छौँ । कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको फाइल खोल्नैपर्छ । सरकारमा सहभागिता निर्वाचनअघि सोचेका छैनौँ,” उनले भने ।