FLASH NEWS

उपनिर्वाचनका लागि राप्रपाले टुंग्यायो उम्मेदवार


नेपाल आवाज १९ चैत्र २०७९, आईतवार १८:५० मा प्रकाशित २१३७ पाठक संख्या

काठमाडौं- यही १० वैशाखमा चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवार टुंगो लगाएको छ । आज बसेको राप्रपाको संसदीय समितिले उम्मेदवार टुंगो लगाएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ- १ मा शोमा गुरुङलाई उम्मेदार बनाउने निर्णय भएको छ । त्यस्तै राप्रपाले चितवन- २ मा जीवलाल पुरी र बारा- २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नागरिकता प्रकरणमा रास्वपाका रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन- २ मा उपनिर्वाचन हुन लागेको हो । त्यस्तै रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ- १ र रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा- २ मा उपनिर्वाचन हुन लागेको हो ।