FLASH NEWS

एलपी ग्याँस बोकेको भारतीय टयाङकर पल्टिदा एकको मृत्यु


नेपाल आवाज २० चैत्र २०७९, सोमबार ०९:३२ मा प्रकाशित १९३३ पाठक संख्या

चितवन, २० भदौं । एलपी ग्यास बोकेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिदा सो टयाङकरमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । मृतकको नाम पहिचान हुन सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।