FLASH NEWS

उपनिर्वाचन : चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता


नेपाल आवाज २० चैत्र २०७९, सोमबार ११:४३ मा प्रकाशित २०८३ पाठक संख्या

चितवन, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।  आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार लामिछानेले मनोनयन दर्ता गरेका हुन् । १० वैशाखमा चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदै छ । जसको सोमबार मनोनयनका लागि समय तोकिएको छ ।तस्बिर साैजन्य : दीपक बोहरा