आज: | Sat, 09, Dec, 2023
FLASH NEWS

फेरि घटयो आज सुनको भाउ


नेपाल आवाज २० चैत्र २०७९, सोमबार ११:४६ मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडौं, २० चैत । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो। यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। साेमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।