FLASH NEWS

बृद्धको ह’त्याकाे आरोपमा ४ जना पक्राउ


नेपाल आवाज २१ चैत्र २०७९, मंगलवार ११:२९ मा प्रकाशित १४२९ पाठक संख्या

रामेछाप, २१ चैत ।  एक वृद्धको ह’त्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खु’कुरी प्रहार गरी ह’त्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो ।


थापामगरको ह’त्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीया रामपियारी खड्का र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको हो ।

गत १३ चैतमा खु’कुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक र’क्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो ।

पक्राउ परेकालाई चारैजनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।