FLASH NEWS

१३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने


नेपाल आवाज २१ चैत्र २०७९, मंगलवार १४:५० मा प्रकाशित १८२५ पाठक संख्या

चितवन, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताएका छन् ।  चितवनमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले विभिन्न १३ वटा मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिएमा देशको थिति बसाल्ने दाबी गरे । एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिएमा थिति बसालेर देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने उनको भनाइ छ ।