आज: | Tue, 26, Sep, 2023
FLASH NEWS

लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ बुधबार


नेपाल आवाज २१ चैत्र २०७९, मंगलवार १९:०८ मा प्रकाशित १३८७ पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि बुधबार पेसी तोकिएको छ ।मंगलबारका लागि सुनुवाइको पेसी तोकिए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भए पछि बुधबार १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चका न्यायाधीश सिन्हाले मंगलबार विज्ञप्ति जारी गर्दै यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूरहितको इजलासमा निवेदन पेस गर्नुपर्ने जनाएका छन् ।नेता लामिछाने विरुद्ध पासपोर्ट सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधीवक्ता दिनमणि पोखरेलले गरेको निर्णय विरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।