FLASH NEWS

रवि लामिछानेको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी


नेपाल आवाज २२ चैत्र २०७९, बुधबार १७:०२ मा प्रकाशित १९३९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायायाधीश हरि फुयालको इजलासले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयबारे विपक्षी महान्यायाधिवक्ताको कार्यालय सहितसँग जवाफ माग गर्ने आदेश गरेको हो।
लामिछानेले एकैपटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। महान्यायाधिवक्ताको कार्यालयको निर्णय खारेज गर्न माग गरिएको उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ सुरु भएको हो।