FLASH NEWS

पितृत्वको ठेगान नभएका बच्चाको जन्मदर्ता मावलीको थरबाट गर्न सरकारको सर्कुलर


नेपाल आवाज २२ चैत्र २०७९, बुधबार २१:१६ मा प्रकाशित २४२५ पाठक संख्या

काठमाडौँ- सरकारले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्न वडा कार्यालयहरुलाई सर्कुलर गरेको छ।


गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो।

विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान भएको बच्चाको जन्म दर्ता मावलीकै थर राखी आमाको स्थायी ठेगानामा गर्ने भनिएको छ। त्यस्तै बच्चा मावलीमै बसेको भए सोही ठेगानामा दर्ता गर्नुपर्ने भनिएको छ।

बाबुको ठेगाना पत्ता लागे सोही ठेगाना राखेर नयाँ जन्म दर्ता गर्ने समेत उल्लेख छ।