FLASH NEWS

संघीयता कार्यान्वयन गर्न समस्या देखियो : प्रधानमन्त्री प्रचण्ड


नेपाल आवाज २३ चैत्र २०७९, बिहीबार १७:५३ मा प्रकाशित २९३५ पाठक संख्या

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय मुलुकमा संघीयता कार्यान्वयन गर्न समस्या देखिएको बताएका छन् ।


मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयतालाई मजबुद बनाएर मात्रै संविधान कार्यान्वयन गर्न सकिने भए पनि संघीयता कार्यान्वयनमा भने समस्या देखिएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अहिले संघीयता कार्यान्वयनमा समस्या देखा पर्न थालेको भन्दै यसलाई सवल र मजबुत बनाएर मात्रै संविधानको सफल कार्यान्वयन गर्न सकिने बताएका छन् ।

उनले मुलुकमा देखा परेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशन दिए । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले सरकार आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेकोमा जोड दिँदै विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिएका छन् ।

अहिलेको विषम् परिस्थितिमा खर्चमा मितव्ययिता गर्ने, स्रोत परिचालनमा विशेष मेहनत गर्ने र उत्पादन बढाउने कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए । उनले अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले कार्ययोजना निर्माण गर्नसमेत निर्देश गदिए ।

प्रधानमन्त्री प्रचण्डले आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजनाको वर्गीकरण र मूल्याङ्कनसम्बन्धी कार्यविधि लागू गर्न सबै तहलाई अनुरोध गरेका छन् ।