FLASH NEWS

थप ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको संख्या ४०० नजिक


नेपाल आवाज २४ चैत्र २०७९, शुक्रबार २२:१३ मा प्रकाशित १४८३ पाठक संख्या

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६३५ जनाको स्वाब परीक्षण गर्दा ९९ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र एक हजार ४५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा २६ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७३ जना छ । सक्रिय सङ्क्रमितमध्ये १७ जना आइसोलेसन, ४ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।