FLASH NEWS

बालेनविरुद्ध एमाले महासचिव पोखरेल– समाजलाई अराजकतातिर लाने नियोजित प्रयास


नेपाल आवाज २५ चैत्र २०७९, शनिबार १४:३६ मा प्रकाशित २२८१ पाठक संख्या

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहका अभिव्यक्तिविरुद्ध आक्रोश पोखेका छन्।


मेयर बालेनका अभिव्यक्तिले नेपाली समाजलाई अराजकतातिर लाने नियोजित प्रयासको संकेत गरेको दाबी महासचिव पोखरेलले गरेका छन्।

आज बिहान मेयर साहले सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर नउठाउने र नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका थिए।

यसप्रति आपत्ति जनाउँदै एमाले महासचिव पोखरेलले जिम्मेवार बन्न मेयर साहलाई आग्रह गरेका हुन्।

‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ’, एमाले महासचिव पोखरेलले ट्विटरमा लेखेका छन्, ‘जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ।’