FLASH NEWS

आत्महत्या दुरुत्साहनमा पक्राउ पुर्जी जारी भएपछि नेपाल इन्भेष्टमेन्ट बैंकका सुरक्षागार्ड भारत फरार


नेपाल आवाज २६ चैत्र २०७९, आईतवार १४:२७ मा प्रकाशित २०४७ पाठक संख्या

काठमाडौं । आफ्नै भिनाजुलाई आ’त्मह’त्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन् ।


सोमबार कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा शनिबार उनी भागेर भारतको नयाँ दिल्ली पुगेका हुन् । आतबार बिहानै उनले सामाजिक सञ्जालमार्फत आफू भारतको नयाँ दिल्लीमा रहेको जानकारी साझा गरेका छन् ।

सशस्त्र प्रहरीका पूर्व हवल्दारसमेत रहेका नेपाली पक्राउ पर्ने डरले भारत भागेका हुन् । गत चैत्र ३ गते उनका भिनाजु कैलालीस्थित आफ्नै निवासमा झु’न्डिएको अवस्थामा मृत फेला परेका थिए ।

मृत भिनाजुले आफूलाई मर्न बाध्य पारेको भन्दै उदिपसहित उदिपकी श्रीमती सीमा नेपाली, उनको दाइको छोरा मन नेपाली र मृतककी श्रीमती खिरु नेपाली र डिभिजन वन कार्यालय भजनीमा कार्यरत भिमे भन्ने भीम बिकको नाम लेखेर छाडेको सु’साइड नोट प्रहरीले फेला पारेको थियो ।

कैलालीको भजनीस्थित ईलाका प्रहरी कार्यलयमा अभियुक्तहरु विरुद्ध किटानी जाहेरी दर्ता भएको छ  भने हालसम्म दुईजना आरोपित पक्राउ परेका ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।