FLASH NEWS

५० बर्षमा: २६८ वाट बाघको संख्या बढेर ३ हजार १६७ पुग्यो


नेपाल आवाज २७ चैत्र २०७९, सोमबार ०७:५७ मा प्रकाशित २०४७ पाठक संख्या

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रोजेक्ट टाइगरको ५० वर्ष पूरा भएको अवसरमा देशमा जंगली बाघको संख्या बारे अद्यावधिक जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीका अनुसार अहिले भारतमा ३ हजार १ सय ६७ बाघ रहेको छन् ।


स्मरण रहोस, १ अप्रिल १९७३ मा प्रधानमन्त्री इन्दिरा गान्धीले जिम कोर्बेट टाइगर रिजर्भबाट ‘प्रोजेक्ट टाइगर’ सुरु गरेकी थिइन्। त्यतिबेला देशमा बाघको संख्या २६८ भन्दा कम थियो । तर आज यो आयोजनाले ५० वर्ष पूरा गरेको छ । हाल देशभर ५३ बाघ आरक्ष रहेकामा तीनमा बाघको संख्या ३ हजार १६७ पुगेको छ ।

तथ्यांक हेर्दा सन् १९०० मा देशमा ४० लाख बाघ थिए । जबकि १९७३ मा तिनीहरू मध्ये २ सय ६८ बाँकी मात्र रह्यो। त्यसपछि आयोजना सुरु भयो ।  जसअनुसार सन् २००६ मा एक हजार ४११, सन २०१० मा १७०६, सन २०१४ मा २ हजार २ सय २६ र  सन २०१८ मा २ हजार ९ सय ६७ पुग्यो ।

सन २०१४ मा आएको बीजेपी सरकार द्वारा बलियो संरक्षण व्यवस्थापन र बलियो सुरक्षाको परिणाम स्वरूप, गुजरातमा बाघको संख्या २९ प्रतिशतले ले बढेको छ। सन् २०१५ मा उनीहरुको संख्या ५२३ थियो भने २०२० मा ६ सय ७४ थियो । हाल देशमा बाघको जनसंख्या विश्वको जंगली बाघको जनसंख्याको ७० प्रतिशतभन्दा बढी छ।

तर आज पनि खतरामा छ । बाघ फस्टाउनका लागि थप र निरन्तर प्रयास आवश्यक छ। बाघ बचाउनु हो भने वन बचाउनु पर्छ ।