FLASH NEWS

मोटरसाइकल दुर्घटनामा छोरीको मृत्युु, बाबु घाइते


नेपाल आवाज २७ चैत्र २०७९, सोमबार १२:३३ मा प्रकाशित १६०९ पाठक संख्या

सप्तरी २७ चैत । सप्तरीको खडक नगरपालिका- ७ कल्याणपुर बजारमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्युु भएको छ भने बुबा गम्भीर घाइते भएका छन् ।


पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कारले को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया बालिका  एञ्जिला बस्नेतको मृत्युु भएको हो ।मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका हुन् ।

घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल,राजविराजमा उपचारका क्रममा मृत्यु भएकाे सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिएका छन् । घाइते बाबुको उपचार भइरहेको छ।यता इलाका प्रहरी कार्यालय कल्याणपुरले कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिराखेको छ ।