FLASH NEWS

अमेरिकी डलरको भाउ आज कति ?


नेपाल आवाज २८ चैत्र २०७९, मंगलवार ०९:१२ मा प्रकाशित १९६३ पाठक संख्या

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।


मंगलबार अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ । आज अमेरिकी डलर १६ पैसाले वृद्धि भइ उसको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ७२ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोकाे भाउ पनि उकालाे लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३१ पैसाले बढेको हो । सोमबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।

मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ४७ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ३ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३० पैसा र बिक्रीमा ८७ रुपैयाँ ७० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

मंगलबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२६ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६४ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ७८ पैसा तोकिएको छ।