FLASH NEWS

बढयो आज सुनको भाउ


नेपाल आवाज २८ चैत्र २०७९, मंगलवार ११:३५ मा प्रकाशित २१०७ पाठक संख्या

काठमाडौं, २८ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुन तोलाको ५०० रुपैयाँले बढेको छ । सोमबार सुन प्रतितोला ७०० रुपैयाँले रुपैयाँले घटेको थियो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी ५ रुपैयाँले बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी तोलाको १४ सय ३० मा खरिदबिक्री भएको थियो