FLASH NEWS

तीनवटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा


नेपाल आवाज २९ चैत्र २०७९, बुधबार ०६:५३ मा प्रकाशित २४४९ पाठक संख्या

काठमाडौं, २९ चैत । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार तीन वटा प्रदेशमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।


विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू – भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू – भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरू मा हावाहुरीको समेत सम्भावना रहेको छ ।

बुधबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।