FLASH NEWS

सुन किन्दै हुनुहुन्छ यस्तो छ सुनको भाउ


नेपाल आवाज ३० चैत्र २०७९, बिहीबार १२:३९ मा प्रकाशित ८२०३ पाठक संख्या

काठमाडौं, ३० चैत । नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ । यस अघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसै गरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ ।  यस अघि बुधबार सुनको करोबार सो ही मूल्यमा किन बेच भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीकाे कारोबार सोही मूल्यमा  भएको थियो ।