FLASH NEWS

राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाने तयारी


नेपाल आवाज ३ बैशाख २०८०, आईतवार २२:०६ मा प्रकाशित २२५७ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पहिलो विदेश भ्रमण बेलायतबाट सुरु गर्ने भएका छन् । राष्ट्रपति पौडेल बेलायती राजा चार्ल्स तृतीयको आगामी ६ मेमा लन्डनस्थित वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा सहभागी हुन जाने भएका हुन् ।


बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराइसेको छन् । राष्ट्रपति कार्यलय स्रोतका अनुसार राष्ट्रपति पौडेल २१ वैशाखमा बेलायत जाने तयारी गरिएको छ । लन्डनस्थित नेपाली दूतावासले पनि राष्ट्रपति पौडेलको भ्रमणको तयारी थालेको स्रोतको भनाइ छ ।

राजा चार्ल्स राज्याभिषेक समारोहमा विश्वका बिभिन्न देशका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजपरिवारका सदस्य, प्रतिष्ठित व्यक्ति उपस्थित हुनेछन्। बकिङघम राजप्रसादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई निमन्त्रणा पठाइएको छ।