काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको तीन दलका शीर्ष नेताहरूबीच प्रधानन्यायाधीस नियुक्तिको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीस नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
नेताहरूबीच संसदीय समितिलाई पूर्णता दिने विषयमा पनि छलफल भएको जानकारी दिइएको छ ।