FLASH NEWS

झुक्याएर दाजुसँग विवाह, देवरले गरे बारम्बार ब’लात्कार


नेपाल आवाज ५ बैशाख २०८०, मंगलवार १४:३५ मा प्रकाशित २२०९ पाठक संख्या

काठमाडौं, ५ वैशाख । धनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गरिदिएको र वंश धान्न भन्दै देवरले बारम्बार ब’लात्कार गरेको घटना संसदमा जानकारी गराइएको छ ।


मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा–४ मा एक १७ वर्षीया बालिका भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएको रर पछि यौ’नशोषण भएको घटनाबारे जानकारी गराएकी हुन् ।

विवाह गरिसकेपछि वंश धान्न भन्दै देवरले पटक पटक ब’लात्कार गरेका र पछि प्रहरीले पीडिकलाई उन्मुक्ति दिने गरी मिलापत्र गराएको घटनाप्रति उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।

‘धनुषा–४ मा १७ वर्षीया बालिकालाई भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएछन् । दाजुले तीन तीनपटक विवाह गरेर सम्बन्धविच्छेद गरिसकेका छन्,’ उनले भनिन्, ‘विवाह त गरिदिए । तर, घरपरिवारले वंश अगाडि बढाउनका लागि ती बालिकालाई देवरसँग यौ’नसम्बन्ध राख्न बाध्य पारिएछ । योजस्तो जघन्य अ’पराध के हो ?’

बैठकमा घटनाबारे सांसद कार्कीले थप भनिन्, ‘देवरसँग शारीरिक सम्बन्ध राख्न नमानेपछि बालिकामाथि कुटपिट भयो । शारीरिक या’तना दिइयो । त्यसपछि देवरले बारम्बार बलात्कार गरे । दिक्क भएर बालिका प्रहरीसमक्ष गइन् । प्रहरीसमक्ष गएपछि ‘विवाह दर्ता गरिदिने, नागरिकता दिने, अब कुटपिट नगर्ने र देवरसँगै विवाह गराइदिने शर्तमा मिलापत्र गराइएछ ।

यो कस्तो न्याय हो ? नागरिकता उनले बुबाको नामबाट पाउँदिन थिइन् ? ज्यानको सुरक्षा नहुने ठाउँको विवाह दर्ता के काम तिनीलाई ? अब नकुट्ने रे, प्रहरी त्यहाँ गएर तिनीलाई निगरानी गर्छ ? म गृहमन्त्रीज्यूलाई, अ’पराधीहरुलाई तुरुन्त कडा कारबाही गरियोस् माग गर्छु ।