आज: | Thu, 21, Sep, 2023
FLASH NEWS

सबै ठाउँको जग्गा कित्ताकाट खुल्यो


नेपाल आवाज ५ बैशाख २०८०, मंगलवार २०:३५ मा प्रकाशित २३६५ पाठक संख्या

काठमाडौँ – सरकारले सबै ठाउँको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन सबैतिरको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हो।

यसअघि भूउपयोग नियमावली ल्याएर वर्गीकरण गरेर मात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो। सोसँगै अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो निजी क्षेत्रबाट आएपछि सरकारले जग्गा वर्गीकरणविनै कित्ताकाट गर्न दिने निर्णय गरेको हो।

उक्त नियमावली कार्यान्वयनमा आएपछि हालसम्म ५ सय ९२ पालिकामा कित्ताकाट खुलेको थिएन। जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट खुलाउने नीतिपछि १६१ पालिकामा मात्रै कित्ताकाट सुरु भएको थियो।

तर अब सबै पालिकामा जग्गा कित्ताकाट गर्न पाइनेछ। अर्थ मन्त्रालयमा मूल अर्थतन्त्रमा असर गरेको भन्दै अर्थमन्त्री डा प्रकाशशरण महतलाई जग्गा कित्ताकाट खोल्नुपर्ने ब्रिफिङ नै भएको थियो।

पछिल्लो समय उपत्यकालगायत केही पालिकाको कित्ताकाट खुल्दा चैत महिनामा पनि घरजग्गाको कारोबारमा वृद्धि भएको छ। चैतमा ४९ हजार १ सय ५० कित्ता जग्गा किनबेच भएका छन्। मासिक कारोबार हेर्दा चालू वर्षको सबैभन्दा धेरै कारोबार हो।