FLASH NEWS

अदालतमा ऐश्वर्या पुत्री आराध्याले दिइन् उजुरी


नेपाल आवाज ७ बैशाख २०८०, बिहीबार १४:४२ मा प्रकाशित २६७१ पाठक संख्या

मुम्बई, ७ वैशाख । विभिन्न सञ्चारमाध्यमले आफ्नो बारेमा गलत समाचार प्रवाह गरेको भन्दै अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनकी छोरी आराध्या उजुरी गर्न अदालत पुगेकी छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर युट्युब च्यानलले अनेक किसिमका समाचार बनाउन थालेपछि त्यसको विरुद्ध उनी अदालत पुगेकी हुन् ।


बच्चन परिवारले दिल्ली हाईकोर्टमा उजुरी दिएका छन् । आराध्याले युट्युब च्यानलविरुद्ध एक्सन लिने बताएकी छन् । परिवारले आराध्याको स्वास्थ्य अवस्था सामान्य भए पनि सञ्चारमाध्यमले उनका बारेमा नकारात्मक असर पर्ने किसिमको समाचार बनाएको आरोप लगाएका छन् ।

उनको उजुरीविरुद्ध २० अप्रिलमा आज सुनुवाई हुँदैछ । न्यायाधीश सी हरिशंकरको िएकल इजलासले यो निवेदनमाथि सुनुवाई गर्नेछ ।

अभिषेकले ११ वर्षकी छोरीमाथि हुने ट्रोलिङ र नकारात्मक खबरबारे यसअघि पटक पटक प्रतिक्रिया जनाइसकेका छन् । उनले आफ्नो छोरीमाथि हुने गरेको गलत खबर आफ्ना लागि असह्य हुने गरेको बताउँदै आएका छन् ।