FLASH NEWS

खलिस्तानी नेता अमृतपालसिंह भारत मै पक्राउ


नेपाल आवाज १० बैशाख २०८०, आईतवार ०९:११ मा प्रकाशित १४२३ पाठक संख्या

नयाँ दिल्ली, १० बैशाख  । खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपाललाइ गिरफतार गरेको हो ।


पञ्जाब प्रहरीले टविट गरेर यसको जानकारी दिएको हो । सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो ।  पक्राउ परेका उनलाई अमृतसर हुदैँ असमको डिब्रुगढ जेलमा पठाइएको छ ।

‘अमृत पाल सिंह पञ्जाबको माेगावाट गिरफतारमा परेका छन, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’ पञ्जाब प्रहरीले भनेकाे छ ।

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सिमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने अन्ततः पञ्जाबमा नै पक्राउ परेका हुन ।