FLASH NEWS

ओलीको टिप्पणी- राजतन्त्र मान्नेहरू स्वार्थी, फटाहा, मुर्ख र अज्ञानी हुन्


नेपाल आवाज १७ बैशाख २०८०, आईतवार १९:५२ मा प्रकाशित १२२५ पाठक संख्या

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्नेहरु स्वार्थी, फटाहा, मुर्ख र अज्ञानी हुने टिप्पणी गरेका छन्। आइतबार पार्टी कार्यालय च्यासलमा अखिल नेपाल किसान महासंघको स्थापना दिवसको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सो टिप्पणी गरेका हुन्।


ओलीले स्वार्थी र बिकाउहरुले मात्र राजतन्त्र मान्ने दाबी गरेका छन्।

‘राजतन्त्र भनेको कि फटाहाले मान्छ, स्वार्थी फटाहाले। कि मुर्खले मान्छ। कोही कोही अज्ञानीले पनि मान्छ। एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर मान्छन्,’ ओलीले भने, ‘अर्कोथरी स्वार्थ साधना गर्नका लागि मान्छन्। दलालहरुले मान्छन्। बुद्धि नभएकाहरुले मान्छन्। जन्मिदै यस्तो हुनुपर्छ भनेर। अब स्वार्थी तथा बिकाउ मालहरुले मान्छन्।’

स्वार्थी तत्वहरुले अपराधीकरणका लागि राजतन्त्र मान्ने उनको तर्क छ। ‘तीनले एकछिनका लागि, एक हप्ताका लागि जतिका लागि पनि किन्न सक्छ मान्छेले। त्यस्ता तत्वहरुले मान्छन्’ ओलीले भने।