FLASH NEWS

शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ : गगन थापा


नेपाल आवाज २७ बैशाख २०८०, बुधबार १७:४६ मा प्रकाशित १६९९ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।


प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा थापाले सरकारले अघि सारकोे सुशासनको बिषय सकारात्मक भएको भन्दै नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सवैलाई कडा कारबाही हुनुपर्ने बताएका हुन् ।

उनले बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित हुन हुने धारणा राखे । उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेके सुशासनको नारा लगाउन सक्ने बताए । मुलुकका कतिपय नीतिहरुका कारण मुलुकको अर्थतन्त्र कमजोर भएको भन्दै अगाामी बजेटमा यसलाई बिशेष ध्यान दिनुपर्ने उनले बताए ।

त्यस्तै, नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा एमालेले सहयोग गर्ने बताए ।

छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरु कोही नछुट्ने र निर्दोष व्यक्ति नफस्ने गरि काम गर्नुपर्ने उहाको भनाइ छ । उहाले टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको जानकारी दिए । नेता गुरुङले जनतामा आत्मविश्वास बढाउने गरि बजेट आउनुपर्ने सुझाव दिए ।