FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी छुट्दैनन्, निर्दोष फस्दैनन्: गृहमन्त्री श्रेष्ठ


नेपाल आवाज २७ बैशाख २०८०, बुधबार १७:५० मा प्रकाशित १९३३ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही नछुट्ने र निर्दोष नफस्ने बताएका छन् ।


वामपन्थी नेता निर्मल लामाको २३औँं स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई जर्जर बनाएको भन्दै कमिसन र भ्रष्टाचार अन्त्य गर्दै मुलुकको समृद्धिको बाटोतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।

खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको उनले बताए ।