FLASH NEWS

लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न एमालेको माग


नेपाल आवाज ३० बैशाख २०८०, शनिबार २१:११ मा प्रकाशित १५३७ पाठक संख्या

काठमाडौं –  नेकपा एमालेले लडाकु शिविर घोटालाको छानबिन गर्न माग गरेको छ ।


पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा १६ बुँदे प्रस्ताव पारित गर्दै लडाकु शिविर घोटाला काण्डको पनि छानबिन गर्न माग गरेको हो ।

पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरिएको हो ।

‘लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ। यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ,’ बैठकमा पारित भएको प्रस्तावमा भनिएको छ।

बैठकले पार्टीको मिसन ग्रासरुट सम्पन्न भएको र अब पार्टी सदस्यता शुद्धीकरण र विस्तार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने र मिसन ग्रासरुटका क्रममा पार्टी सदस्यता नवीकरणको काम पूरा हुन बाँकी रहेकाले नवीकरण कार्यलाई असार मसान्तभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

यस्तै, पार्टीका कमिटीहरू भद्दा भएकाले प्रदेशदेखि वडा कमिटीसम्म अधिवेशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।