FLASH NEWS

भारतीय आयल कर्पोरेसनले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य


नेपाल आवाज २ जेष्ठ २०८०, मंगलवार १५:३५ मा प्रकाशित १३५१ पाठक संख्या

काठमाडौं –  भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।


आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएको हो ।

आईओसीले नेपाल आयल निगमलाई १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । सञ्चालक समितिले उपभोक्ता मूल्य घटाउने वा नघटाउने निर्णय गर्ने उनले बताए ।

हाल डिजेलको उपभोक्ता मूल्य प्रतिलिटर १६५ रुपैयाँ र पेट्रोलको १७५ रुपैयाँ रहेको छ ।