FLASH NEWS

राप्रपाका अध्यक्ष लिङ्देनको टिप्पणी: सरकारको नीति तथा कार्यक्रम ‘पुरानै निबन्ध’


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार २१:४९ मा प्रकाशित १८१९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमलाई ‘पुरानै निबन्ध’को संज्ञा दिएका छन् ।


शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि लिङ्देनले प्रतिक्रिया दिँदै सरकारको नीति तथा कार्यक्रमबारे ‘पुरानै निबन्ध’ भनेर टिप्पणी गरेका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रमले आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने समेत बताएका छन् । उनले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकारको नीति तथा कार्यक्रम पुरानै निबन्ध । यो निति तथा कार्यक्रमले वर्तमान आर्थिक संकटलाई सम्बोधन गर्न सक्दैन ।’