आज: | Wed, 06, Dec, 2023
FLASH NEWS

कृतिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण


नेपाल आवाज ६ जेष्ठ २०८०, शनिबार २१:३५ मा प्रकाशित ११४७ पाठक संख्या

काठमाडौं – पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

उनले जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका हुन्। यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडामाथिबाट दुवै अंगविच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्।

कृतिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै ५ वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका छन्। रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुबै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए।