FLASH NEWS

आज बस्ने प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्दै


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार ०८:३३ मा प्रकाशित १०५१ पाठक संख्या

काठमाडौं – आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।


आजबाट शुरु हुने सरकारको नीति तथा कार्यक्रममाथि ओलीले टिप्पणी गर्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अस्ति (शुक्रबार) ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले विरोध गर्दै आएका छन् ।

उनले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने समेत बताएका छन् । ओलीले एमाले सांसद्हरुलाई पनि सरकारको नीति तथा कार्यक्रमको सर्वत्र विरोध गर्न निर्देशन दिएका छन् ।

एमालेको संसदीय दलको बैठकले संघीय सदनमा सरकारले पेस गरेको नीति तथा कार्यक्रम ‘संविधानको स्पिरिट’अनुसार नभएको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने उदघोष गरेको छ ।