FLASH NEWS

प्रमुख जिल्ला अधिकारी गैह्रेद्वारा प्रहरी कार्यालय धादिङको निरीक्षण तथा निर्देशन


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार २०:२८ मा प्रकाशित २३३५ पाठक संख्या

धादिङबेशी  – धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले आज (आइतवार) जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण गरेका छन् ।


प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउने उद्देश्यले उक्त निरीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रजिअ गैह्रेद्वारा प्रहरी कार्यालयको कन्ट्रोलरुम‚ अपराध अनुसन्धान शाखा‚ हिरासत कक्ष‚ आर्थिक प्रशासन शाखा‚ प्रशासन‚ जिन्सी‚ संचार‚ बिशेषकार्य‚महिला तथा बालबालिका सेवा केन्द्र‚ सामुदायिक शाखा‚ क्यान्टिन‚ मेश‚ व्यारेक लगायतको निरीक्षण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी अधिकारीहरुसँग भेटघाट गर्दै प्रजिअ गैह्रेले समग्र जिल्लाको शान्ति सुरक्षाको अवस्था र भइरहेका कामकारवाहीका सन्दर्भ बारे जानकारी लिएका थिए ।

साथै निरीक्षण  पश्चात जिल्ला प्रहरी कार्यालय धादिङका  प्रमुख प्रहरी उपरीक्षक(एसपी) गौतम मिश्रले जिल्लाको बस्तु स्थितीबारे प्रजिअ गैह्रे समक्ष प्रस्तुतिकरण दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी गैह्रेले उपस्थित प्रहरी अधिकृत तथा जवान प्रहरी कर्मचारीहरुलाई कार्य क्षेत्रमा उच्च मनोबलका साथ काम गर्न, उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पुरा गर्न तथा प्रहरी कर्मचारीहरुले आफूलाई तोकिएको र दिईएको जिम्मेवारीलाई उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न  निर्देशन समेत दिएको जिल्ला प्रशासन कार्यालय स्रोतले बताए ।

प्रजिअ गैह्रेले नागरिकसँग सभ्य, मर्यादित एवं शिष्ट व्यवहारसँग प्रहरी काम कारवाहीमा कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।