FLASH NEWS

नेपाल प्रहरीका २२ एसपीको पदस्थापन (सूचीसहित)


नेपाल आवाज ९ जेष्ठ २०८०, मंगलवार १५:५२ मा प्रकाशित १३६९ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको छ । नायव उपरीक्षकबाट उपरीक्षकमा बढुवा भएका २२ जनाको सोमबार पदस्थापन गरिएको हो । सोमबार फुली लगाएका एसपीहरुलाई विभिन्न रिक्त पदमा खटाइएको हो ।


साथै नेपाल प्रहरीका पाँच एसपीको सरुवा पनि भएको छ । विभिन्न रिक्त रहेका कार्यालयमा पाँच एसपीलाई जिम्मेवारी दिइएको छ ।
कर्मचारी प्रशासन शाखामा एसपी अर्जुन तिमल्सिनालाई जिम्मेवारी दिइएको छ । प्रहरीको सरुवा–बढुवा हेर्ने यो शाखालाई निकै संवेदनशील मानिन्छ ।
त्यस्तै, १ नम्बर गणमा बसन्त रजौरे, २ नम्बर गणमा नवीनराज राई, काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा चन्द्रदेव राई, रामप्रसाद साहलाई सुर्खेत ट्राफिकमा पठाइएको छ ।