FLASH NEWS

प्रधानमन्त्रीज्यू, म तपाईंको मुटु चेक गर्न चाहन्छु कुन अस्पतालमा गर्ने भन्नुस्: रवि लामिछाने


नेपाल आवाज १० जेष्ठ २०८०, बुधबार २२:२७ मा प्रकाशित १५३१ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्।


लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुटु कमाएजस्तो आभास भएको बताएका छन् ।

लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुटु कमाएजस्तो आभास भएको बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले भने, प्रधानमन्त्रीजी, तपाईंले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्,’ ‘काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।

’उनले भुटानी शरणार्थी प्रकरणमा नाम आएका विभिन्न मानिसको बयानसमेत नलिइएको बताए क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी (कांग्रेस, एमाले र माओवादी)बसेर तपाईंहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। रोक्नुस्।’

अपराध अनुसन्धानमा प्रोफाइलले हुँदैन फाइल हुन्छ,’ उनले भने, ‘काले काले मिलेर खाउँ भाले भएको हो कि!यसो हो भने जनताले सहेर बस्दैन।’ उनले न्यायालय र नेपाली सेनामा भएका भ्रष्टाचारबारे मानिसहरू बोल्नै डराएकोसमेत बताए।

राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्न समेत उनले सचेत गराए ।