FLASH NEWS

‘ढाकाकुमारसँग पैसा लिएको’ भन्ने समाचारले मानहानी गरायो, मुद्दा हाल्छौं : मुकुल ढकाल


नेपाल आवाज ११ जेष्ठ २०८०, बिहीबार ०५:५६ मा प्रकाशित १५७९ पाठक संख्या

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग पैसा लिएको भन्ने पुष्टि गर्न चुनौती दिएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले मानहानीकाे मुद्दा दर्ता गर्नेसमेत बताएका हुन् ।


‘मैले र पार्टी उपसभापति डिपी अर्यालले ढाकाकुमारसँग सांसद बन्न पैसा लिएको भन्ने केही सञ्चारमाध्यममा समाचार आएको छ,’ उनले लेखेका छन्, ‘यसलाई कसैले पुष्टि गरे हामी सजाय भोग्न तयार छौं ।’ उनले श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको बताउँदै यसबाट आफ्नो मानहानी भएकाले मुद्दा हाल्नेसमेत बताए ।

‘केही सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावी गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।’ उनले फेसबुकमा लेखेका छन् ।