FLASH NEWS

राष्ट्रपतिद्वारा भोटो जात्रा अवलोकन


नेपाल आवाज ११ जेष्ठ २०८०, बिहीबार १८:२७ मा प्रकाशित १६४५ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन् ।


वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।
साथै, सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको पनि दर्शन गरे । ११ वैशाखदेखि सुरु भएको रथजात्रा भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ ।

भोटोजात्रा अवलोकन गर्न राष्ट्रपतिका अलावा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रीहरु सहभागी थिए ।